काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैँको टीका नलगाउने भएका छन्।
पूर्वराजा शाहको सचिवालयले जारी गरेको सूचनामा यो वर्ष दशैंका कुनै पनि कार्यक्रममा सहभागी नहुने उल्लेख छ। सूचनामा महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा दर्शन र पूजा नगर्ने जनाइएको छ । यस्तै, पूर्वराजा शाहले दशैँका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि नगर्ने बताइएको छ ।
कोरोना महामारीलाई मध्यनजर गर्दै पूर्वराजा शाह दशैँका कार्यक्रममा सहभागी नहुने कारण दिइएकाे छ ।
Facebook Comments Box