बिर्तामोड । झापाको बिर्तामोडमा रहेको नमस्ते प्लाइ उद्योगमा लागेको आगलागी नियन्त्रणमा आएको छ।
बिर्तामोड नगरपालिका वडा नम्बर २ मा रहेको नमस्ते प्लाइ उद्योगमा बिहीबार साँझ आगलागी भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए।
उद्योग सञ्चालक राजु जैनका अनुसार आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको सम्पत्ति नोक्सान भएको छ।
बिर्तामोड तथा भद्रपुर नगरपालिकाका वारुण यन्त्र, उद्योगमा सञ्चित पानी तथा प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो।
तस्वीरहरूः






Facebook Comments Box