बिर्तामोड । झापाको बिर्तामोडमा रहेको प्लाइ उद्योगमा भीषण आगलागी भएको छ।
बिर्तामोड नगरपालिका वडा नम्बर २ मा रहेको नमस्ते प्लाइ उद्योगमा केहीबेर अघिबाट आगलागी भएको हो।
उक्त प्लाइ उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छैन।
व्यवसायी राजु जैनको उक्त प्लाइ उद्योगमा लागेको आगो नियन्त्रणका लागी बिर्तामोड नगरपालिकाको बारुण यन्त्र घटनास्थल पुगेको छ।
Facebook Comments Box