झापा । शब्दपत्र प्रकाशन प्रा.लि.द्वारा प्रकाशन तथा प्रसारण भइरहेको ‘शब्दपत्र डटकम’अनलाइन पत्रिका औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
घटस्थापनाको अवसर पारेर बिहिबार दुर्गा पञ्चायन मन्दिरमा एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरीएको हो ।
प्रा.लि.को उद्घाटन नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका हुन् ।
उद्घाटनका क्रममा अध्यक्ष गिरीले शब्दपत्र अनलाइनले मालिकहरुको नभएर जनताको शब्द बोल्नु पर्नेमा जोड दिए ।
झापा बिर्तामोडमा प्रधान कार्यालय रहेको शब्दपत्रले सबै प्रकारका समाचारलाई प्रकाशन प्रशारण गर्दै आए पनि स्थानीय समाचारलाई प्राथमिकतामा राखेको सम्पादक उद्धव पुरीले बताए ।
शब्दपत्र प्रा.लि.को सञ्चालकमा वालकृष्ण गिरी, पार्वत गिरी, तारा दुलाल, शर्मिला पुरी, इशा पुरी, उद्धव पुरीलगायत रहेका छन् ।
Facebook Comments Box