इलाम । इलामको पशुपतिनगर नाकाबाट ८० लाख मूल्य बराबरको औषधि बरामद गरिएको छ ।
सूर्योदय नगरपालिका ३ पशुपतिनगरस्थित नेपाल–भारत सीमा क्षेत्रको लाली खर्कबाट प्रहरीले औषधि बरामद गरेकाे हाे ।
बरामद गरिएको औषधि नेपाल–भारत सीमावर्ती पशुपतिनगरको लालीखर्कमा रहेको एउटा गोठमा भण्डार गरेर राखिएको थियो ।
सशस्त्र प्रहरी बल पशुपतिनगरकाे गस्ती टोलीले सोमबार राति १० बजे औषधि बरामद गरेको हो ।
४० वटा कार्टुन बरामद भएको सो औषधिको मूल्य ५० लाख भारु (नेपाली रुपैयाँ ८० लाख) बराबरको रहेको सशस्त्र प्रहरी बल पशुपतिनगरले जनाएको छ ।
बरामद गरिएको औषधि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
अधिकांश औषधि बाथ रोग, युरिक एसिड, ग्यास्ट्रिक र महिलाका लागि प्रयोग हुने किसिमको रहेको बताइएको छ ।
बरामद भएको औषधि नेपालमा प्रतिबन्धित औषधि भने नभएको बताइएको छ । ठूलो परिमाणमा औषधि बरामद गरिए पनि त्यो औषधि कसले, कहाँ लान लागेको भन्ने बारेमा खुल्न सकेको छैन ।