काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले जिल्ला अदालत मोरङबाट सफाइ पाएका छन् ।
उक्त काण्डमा मुछिएका ८ जनालाई दोषी ठहर गर्दै सबै प्रहरीलाई अदालतले सफाइ दिएको हो।
सफाइ पाउने प्रहरी अधिकारीमा तत्कालिन अपराध महाशाखा प्रमुख पूर्व एआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन्।
प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन्।
Facebook Comments Box