झापा । पशुबली अन्त्यको माग गर्दै झापाको बिर्तामोडमा प्रदर्शन भएको छ।
सन्त रामपाल जी महाराजका अनुयायीहरुले दशैं नजिकिएसँगै पशुबली अन्त्य गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।
दशैंको समयमा बाख्रा, भेडा, चौरी, राँगा, हाँसलगायत विभिन्न पशुपंक्षीहरुको बली दिने परम्परा नेपाली समाजमा चलिआएको छ।
प्रदर्शनका क्रममा उनीहरुले पशुबलीको अन्त्य गरौं, पशुपंक्षीको संरक्षण गरौं लगायत नारा लगाएका थिए।
तस्वीरहरूः
Facebook Comments Box




