झापा । झापाको कनकाई नगरपालिका ४ त्रिवेणीटोलस्थित दुर्गा नेपालको २ तले निर्माणाधीन घरमा पलम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका ३ का ६५ बर्षीय रुद्र अधिकारी रहेका छन् ।
सोमबार बिहान साढे ११ बजे काम गर्ने क्रममा घरको दोस्रो तलाबाट खस्दा गम्भीर घाइते भएका अधिकारीको उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box