झापा । झापा कनकाई नगरपालिका २ सुकेडाँगीका ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ ।
हिजो दिनको साढे २ बजे घिँरौला टिप्न रुख चढेका राईको रुखबाट लडेर गम्भीर घाइते भएका थिए। घाइते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराइ थप उपचारको लागि नोवेल अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बेलुका साढे ६ बजे बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box