झापा । मोटरसाइकल दुर्घटनामा परी झापाको शिवसताक्षी नगरपालिका- ११ का एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- ११ निवासी ३५ वर्षीय लक्ष्मी भण्डारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार साँझ पूर्व-पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी-११ स्थित शिव चोकमा उत्तरबाट दक्षिण तर्फ बाटो काट्ने क्रममा साइकल यात्रीलाई सोही दिशातर्फ जाँदै गरेको प्र- १-०१-०१२ प ७८१९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकलले साइकल यात्रीलाई जोगाउन खोज्दा सो दुर्घटना भएको प्बरहरीले जनाएको छ ।
दुर्घटनामा परी साइकल यात्री शिवसताक्षी- ११ निवासी ५५ वर्षीय रामचन्द्र कट्टेललाई सामान्य चोट लागेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी- ७ निवासी २५ वर्षीय सुवास भण्डारी सामान्य चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार भण्डारी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका भण्डारीको बिर्तासिटि अस्पतालमा उपचारको क्रममा आइतबार बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।
मोटरसाइकल चालक भण्डारी र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।