इलाम । मेची राजमार्गको इलामस्थित जिरो-धोवीधारा खण्ड अवरुद्ध भएको छ।
सडकको आधाभन्दा धेरै भाग दबिएर झरेपछि राजमार्गमा गुड्ने सवारी साधनलाई इलाम बजार क्षेत्रबाट डाइभर्ट गरिएको प्रहरीले जनाएको छ।
राजमार्गको माथिल्लो भागबाट पनि निरन्तर पहिरो झरेकाले माथिल्लो सडक रहेको नारायणस्थान मन्दिरछेउसम्म जोखिम बढेको छ ।
राजमार्गबाट बजार प्रवेश गर्ने मन्दिर नजिकैको क्षेत्रमा पनि पहिरो झरिरहेकाले त्यस क्षेत्रका दर्जनौं घर जोखिममा रहेको स्थानीयबासी बताउँछन् ।
राजमार्ग अवरुद्ध हुनेगरी पहिरो झरेको ठाउँमा तल्लोपट्टि पनि अग्लो भीर रहेकाले पुनः राजमार्ग सञ्चालन गर्न निकै समय लाग्ने देखिएको छ ।
Facebook Comments Box