झापा । झापाको बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् ।
विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् ।
सामुदायिक विद्यालय बुद्ध आदर्श मावि, राष्ट्रिय विजय मावि र श्री बर्ने मावि बन्द भएको गाउँपालिकाले जनाएको छ ।
असोज ४ गतेदेखि मात्र विद्यार्थीको भौतिक उपस्थितिमा पालिकाका १६ सामुदायिक विद्यालय, १७ निजी विद्यालय र एउटा धार्मिक विद्यालयमा पठनपाठन सुरु गरिएको थियो ।
Facebook Comments Box