इलाम । इलाम नगरपालिका- १ नेपालटारस्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिनका २३ वर्षीय राजेश नेपाल रहेको प्रहरीले जनाएको छ ।
मङ्गलबार राती पौने १० बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रक चालकले खाना खानको लागी सडकमा किनारमा रोकेका थिए ।
अर्को ट्रकको सहचालक रहेका नेपाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
ट्रक र चालक पाँचथरका ३४ वर्षीय सुकमान राई प्रहरीको नियन्त्रणमा रहेको छ ।
Facebook Comments Box