झापा । झापाको कनकाई नगरपालिकाका लेखा अधिकृत भूपेन्द्र दाहालको निधन भएको छ ।
मेचीनगरको बाहुनडाँगी निवासी दाहालको आज बिहान ९:४५ बजे सुरुंगास्थित अस्थायी निवास (डेरा)मा ४२ वर्षको उमेरमा मृत्यु भएको हो ।
उनले केही महिना अघि मात्रै भारतको दिल्लि पुगेर मृर्गौला प्रत्यारोपण गरेको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रासाद न्यापानेले जानकारी दिए ।
उनका अनुसार दाहालाई उनकी आमाले एउटा मृर्गौला दिएकी थिइन् ।
मृर्गौला प्रत्यारोपण सफल भएपछि उनी स्वस्थ भएर नियमित कामकाजमा फर्किसकेका थिए । तर अचानक उनको स्वास्थ्यमा समस्या आएपछि मंगलबार अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।
आज बिहान पुन: अस्पताल लैजाने तयारी गर्दागर्दै उनको आकस्मिक निधन भएको हो ।
उनले करिब ३ बर्षदेखि कनकाई नगरपालिकामा लेखा अधिकृतको रुपमा काम गर्दै आएका थिए ।
उनी लेखक तथा पूर्व शिक्षक समेत हुन् ।
उनको आजै दिउँसो साढे २ बजे निजी निवास नजिकै रहेको निन्दा खोलामा दाहसंस्कार गरिने न्यापानेले बताएका छन् ।