झापा । बंगालको खाडीको उत्तर पश्चिम भूभाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा पनि परेको छ।
सोही असरका कारण झापालगायत देशका विभिन्न स्थानमा बुधबार बिहानैदेखि चट्याङसहित बर्षा भएको छ।
हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाअनुसार हाल देशभर आँशिक देखि सामान्य बदली भइ एक/दुई स्थानमा वर्षा भइरहेको छ।
देशभर आँशिक देखि सामान्य बदली रही देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Facebook Comments Box