बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक गणेश पंगेनी धरौटीमा रिहा भएका छन् ।
पंगेनीलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पंगेनीले भदौ ४ गते बिहान बुटवल-३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएको बेला मेयर सुवेदीमाथि मुक्का हानेका थिए ।
प्रहरीले उनलाई सोही दिन साँझ पक्राउ गरी सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो ।
मेयर सुवेदीलाई दुव्र्यवहार गर्ने पंगेनी बुटवलको ज्योतिनगरका पहिरो पीडित हुन् । उनी एमाले निकट अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य हुन् ।
Facebook Comments Box