बिर्तामोड । झापाको बिर्तामोडबाट १४६ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय अनारमनीले ठूलो परिमाणमा ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको हो।
सोमवार बिर्तामोड–१ पञ्चकन्या क्षेत्रबाट चेकजाँचका क्रममा प्रहरीले १४६ ग्राम ब्राउनसुगर सहित कनकाई–९ का २६ वर्षीय टेकराज साह र विकास मर्डीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
साहको साथबाट ०.५ मिलिग्राम र मर्डीको साथबाट प्रहरीले ४.५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो। सोधपुछको क्रममा प्रहरीले बिर्तामोडस्थित मर्डीको डेरा कोठाबाट थप १४२.३७ ग्राम ब्राउनसुगर र २ लाख ६९ हजार ३ सय रुपैयाँ बरामद गरेको छ।
कोठाबाट डिजिटल तराजु एक थान, क्यानन कम्पनीको क्यामरा र मोटरसाइकल बरामद गरि इप्रका अनारमनीमा राखिएको छ।
Facebook Comments Box