झापा । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति समिक्षा तथा आर्थिक वर्ष २०७८/७९ को नगर विकास योजनाको पुस्तक सार्वजनिकीकरण सोमबार गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति समिक्षालाई पहिलो चरणमा र आर्थिक वर्ष २०७८/७९ को नगर विकास योजनाको पुस्तक सार्वजनिकीकरण र सम्मान तथा पुरस्कृत गर्ने लगायतका कार्यक्रमलाई दोस्रो चरणमा गरी दुई चरणमा कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा नगरपालिकालाई नि:शुल्क जग्गा दिएर सहयोग गर्ने, नगरको उत्कृष्ट कर्मचारी लगायत विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको नगरका योजना शाखा प्रमुख जय तिम्सिनाले बताएका छन् ।
Facebook Comments Box