झापा । झापाको बिर्तामोड नगरपालिका ५ को एक घरबाट नगद चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि गाउँपालिका वार्ड नं ७ की सावित्रा मगर र कुमार मगर रहेका इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ।
सावित्राको साथबाट ३ लाख ३५ हजार रुपैयाँ र कुमारको साथबाट ६३ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
गत असोज १ गते दिउँसो बिर्तामोड ५ का कमल पौडेलको घरमा डेरा गरेर बस्ने बिकास श्रेष्ठको कोठाबाट १० लाख ५० हजार नगद कुमार मगरले चोरी गरेर फरार भन्दै प्रहरीमा जाहेरी परेको थियो।
जाहेरीपछि प्रहरीले उनीहरूको खोजतलासलाई तीब्रता दिएको थियो। अहिले चोरीमा संलग्न आरोप लागेका सावित्रा र कुमार इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको नियन्त्रणमा छन्।
अदालतबाट म्याद थप गरि उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।