इलाम । इलाम माइजोगमाइ गाउँपालिका ५ सोयाङमा पिकअप भ्यानले किचेर एक जनाको मृत्यु भएको छ।
गणेश गोलाइमा रोकी राखेको पिकअप भ्यान पछाडि सर्दा सोही भ्यानले किचेर सोही गाडीमा सवार एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिरबहादुर तामाङ रहेका छन् । हिजो बेलुका पौने ७ बजे इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी रोकिएको बेला सोही गाडीमा सवार तामाङ पिसाब फेर्न गएको अवस्थामा अचानक गाडी पछाडी सर्न गइ किचेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।
पिकअप र चालक इलाम सन्दकपुर गाउँपालिका २ माइपोखरी का ३० बर्षीय महेश राई जिल्ला प्रहरी कार्यालय इलामको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ।
Facebook Comments Box