काठमाडौं । काठमाडौं महानगरभित्रका विद्यालय असोज १० गते सञ्चालन हुने भएका छन् ।
बुधबार महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको महानगर शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्दा न्युनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित यस्तो निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष शाक्यले सरकारले गरेका निर्णय विद्यालयहरुले पूर्ण पालना गर्नुपर्ने बताए ।
विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पूर्ण पालना गर्ने गराउने विषयमा भने शिक्षा विभागले अनुगमन गर्नेछ ।
Facebook Comments Box