बिर्तामोड । झापाको दमक १ बाट पक्राउ पर्नेहरूमध्ये एक जना नेविसंघ झापाका सभापति रहेको खुलेको छ।
पक्राउ परेका बेला उनले आफ्नो नाम ढाँटेको खुलेको प्रहरीले जनाएको छ।
मुद्दा चलाउनका लागि कागजात माग गर्दा पक्राउ परेका एक जना नेविसंघ सभापति राजेन्द्र उप्रेती रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका बेला उनले कनकाई ३ का सुनिल शाह भनेर नाम लेखाएका थिए। तर कागजात मगाउदा उक्त नाम गरेको कागजात नभइ राजेन्द्र उप्रेतीको कागजात प्रहरीकहाँ पुगेपछि उक्त रहस्य खुलेको प्रहरीले जनाएको छ।
अहिले पक्राउ परेका १७ जनाकै कागजात मगाएर बयान लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।
इलाका प्रहरी कार्यालय दमकले मंगलवार राति साँढे ११ बजे दमक १ स्थित हिमाल देवानको घरबाट १७ जनालाई कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो।
तर पक्राउ परेका १७ जनामध्ये धेरैले गलत नाम लेखाएका प्रहरीको भनाइ छ।