झापा । विगत केही महिना यता झापाको कनकाई नगरपालिकामा अनौठो घट्ना घटी रहेको छ । जो कोहीलाई पत्याउनै गाह्रो पर्छ ।
यस नगरपालिकाको वडा नं. १ मा बस्ने श्रीनारायण अधिकारीको घरमा लगातार अदृष्य रुपमा ढुंगा प्रहार भइरहेको छ । यो घट्नाले अहिले सिंगो कनकाई नगरवासी आश्चर्यमा छन् भने परिवारले सुरक्षाका लागि प्रशासनसँग अपिल गरेको छ ।
अहिले एकथरी मानिसहरु भुतप्रेतको हल्ला फैलाइरहेका छन् भने अर्काथरीका मानिसहरु कोही छिमेकीले नियत वस यस्तो हर्कत गरेको हुन सक्ने बताउँछन् ।
अदृश्य रुपमा झर्ने ढुंगाले परिवारको सम्पूर्ण सदस्यलाई लागेको छ । एउटा सानो बालको टाउकोमा समेत खतैखत छ ।
हर्नुस् भिडियो रिपोर्ट:
Facebook Comments Box