बिर्तामोड । झापामा एक महिलाको हत्या गरेर शव टुक्रा-टुक्रा पारेर खोलामा फालेको घटना सार्वजनिक भएको छ।
झापा गाउँपालिका–१ सानो माई खोलामा महिलाको हत्या गरि शवलाई खोलामा बगाउनेलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो।
झापा गाउँपालिका १ माइती घर भइ भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५० वर्षीया डोली भनिने धोन्नी टुडुलाई हत्या गरेर शवलाई टुक्रा-टुक्रा पारेर खोलामा फालेको घटना सार्वजनिक भएको हो।
हत्या आरोपमा प्रहरीले मृतकको भान्जा भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने वर्ष २३ को ऐतवार सोरेन, मृतकको सौताको भाइ झापा गाउँपालिका १ बस्ने वर्ष ३७ को लखन टुडु सतारलाई पक्राउ गरेको छ।
यस्तै, घटना लुकाउन सहयोग गर्ने सोही ठाउँका ५६ वर्षीय सिरी साइला भनिने सोमाई हेमरम सतार र २७ वर्षीय श्री हेमरम सतारलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो। उनीहरुले महिलालाई धारिलो हतियार प्रयोग गरि शरिरलाई टुक्रा–टुक्रा पारेर खोलामा बगाएका थिए।
मृतकका देवर सिंघीमारी ग्राम पञ्चायत बस्ने वर्ष अन्दाजी ४५- ५० का मण्डल हेमरम (सतार) फरार रहेको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए।
महिलाको शव गत भदौ २५ गते सानो माइमा फेला परेको थियो। झापा गाउँपालिका १ सानोमाई खोलामा टाउको,घाटी,पेट (कम्मर भन्दा माथीको भाग) तथा घुँडा भन्दा मुनीको भाग नभएको शव स्थानीयबासीले फेला पारेर प्रहरीलाई खबर गरेका थिए।
मृतक महिलाको श्रीमान वितेको १५ दिनपछि हत्या भएको प्रहरीको भनाइ छ। छोराछोरी नभएकोमा हेपिएकी महिलासँग देवर र सौताको घरायसी विवाद रहेको प्रहरीले जनाएको छ।