गुल्मी । गुल्मीमा पहिरोले पुरिएर एक परिवारका तीन जनाको मृत्यु भएको छ।
तम्घास बजार नजिकै पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो।
पहिरोले रेसुंगा नगरपालिका ८ खानीगाउँका तिलक परियारको एकतले पक्की घर पहिरोले पुरेको हो।
राति १ बजे घर माथिबाट आएको पहिरोमा परेर छोरी १४ वर्षीया गंगा परियार, १४ वर्षीया जमुना परियार र २१ वर्षीया भावना परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।
Facebook Comments Box