बिर्तामोड । झापाको अर्जुनधारामा आफ्नै घरमा आगलागीमा परि घाइते भएका दम्पत्ती रोम खनाल र दुर्गा खनालको निधन भएको छ।
उनीहरूको उपचारका क्रममा काठमाडौंको कीर्तिपुर अस्पतालमा निधन भएको हो।
छोरा पंकज खनालको कीर्तिपुर अस्पतालमा उपचार जारी छ । रोम र दूर्गाको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
घरमा खाना पकाउने ग्यास चुहिएर आगलागीमा परि परिवारका अधिकांश सदस्य गम्भीर घाइते भएका थिए।
Facebook Comments Box