झापा । झापा मेचीनगर नगरपालिका ४ बाट प्रहरीले लागूऔषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका १८ बर्षीय दिल बहादुर मगर रहेका छन् । हिजो बेलुका ६ बजे प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउनसुगर ९ ग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box