झापा । झापा अर्जुनधारा नगरपालिका २ घर्लेनी टोलस्थित भित्री सडक खण्डमा क्रेनले किचेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् ।
हिजो बेलुका पौने ६ बजे सुखानीबाट टाङटिङ खोलातर्फ जादै गरेको ना १ क ५४०० नम्बरको क्रेन गाडीको पछाडी साइडको भागमा चढी बसेको मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्ट्रक्सनको कामदार रहेका साहको क्रेनको पछाडीको बाँया साइडको चक्काले किच्दा घटनास्थलामै मृत्यु भएको थियो ।
क्रेन र क्रेन चालक रौतहट रंगपुर २ का २४ बर्षीय मुकेश चौधरी इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box