बिर्तामोड । मेची नदीले बगाएर काँकरभिट्टा झापाकी एक महिलाको मृत्यु भएको छ।
मेचीनगर ६ भट्टराई चोक बस्ने कमला राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
खोला तर्ने क्रममा उनलाई बगाएको प्रहरीको भनाइ छ।
उनको शव भारततर्फ भेटिएको र कानुनी प्रक्रियाका लागि भारतीय प्रहरीसंग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box