झापा । करेन्ट लागेर झापाका एक जनाको मृत्यु भएको छ।
खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर झापाको दमक नगरपालिका ५ का ४० बर्षिय कविराज बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
शनिवार साँझ दिपिनी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागेर गम्भीर घाइते भएका बुढाथोकीलाई लाइफ लाइन अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box