झापा । खाना पकाउने ग्यास लिक भएर भएको आगलागीमा परी घाइते भएका झापा अर्जुनधाराका अग्निपीडितहरुको उपचारमा आर्थिक अभावका कारण समस्या भएको छ।
सो आगलागीमा परी जलेर चारजना घाइते भएका थिए। अर्जुनधारा ७ का रोम खनालको घरमा भएको सो आगलागीमा परी घरधनी खनाल, उनी श्रीमती दुर्गा खनाल, छोरा पंकज खनाल र आमा मंगलादेवी खनाल घाइते भएका थिए।
मंगलादेवी सामान्य घाइते भएकी थिइन् भने बाँकी तीनजना गम्भीर घाइते भएका थिए। आगलागीमा परी रोमको शरीर ५० प्रतिशत, दुर्गाको ३० प्रतिशत र पंकजको १५ प्रतिशत भाग जलेको छ।
तीनैजनाको काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये गम्भीर घाइते भएका रोम र दुर्गाको आइसीयू कक्षमा उपचार भइरहेको छ। पंकजको जेनेरल वार्डमा उपचार भइरहेको छ।
रोमको उपचारमा करिब १० लाख, दुर्गाको उपचारमा करिब ८ लाख र पंकजको उपचारमा करिब ४ लाख रुपैयाँ खर्च हुनसक्ने अस्पतालको पूर्वानुमान छ।
आगलागीबाट खनालको घर ध्वस्त भएको छ। सामान्य अवस्थाका खनाल परिवारको आर्थिक अवस्थाले नधान्ने भएपछि सहयोगका लागि आह्वान गरिएको छ। त्यसका लागि एक सहयोग समिति गठन गरिएको आफन्त टंकप्रसाद खनालले बताए।
उनले आफ्नो परिवारमा परेको समस्यालाई हल गर्न छरछिमेकी, साथीभाइ, आफन्तसहित धेरै सहयोगी मन जुटेकोमा हार्दिक आभार व्यक्त गर्दै विपत्तिमा सहयोगको लागि अपिल गरेका छन्। यसैबीच समाजसेवी तथा अभियन्ता उज्वल विक्रम थापाले औषधि उपचारका लागि ५० हजार रुपैयाँको चेक अस्पताललाई हस्तान्तरण गरेका छन्।
सहयोगका लागि सम्पर्क व्यक्ति र बैंक विवरणः
खातावालाको नाम : टंकप्रसाद खनाल (Tanka Prasad Khanal)
खाता नम्बर : ०१५५४४३३९४५२४००१ (Acc no: 0155443394524001)
बैंक : एनआईसी एसिया बैंक, त्रिपुरेश्वर शाखा (NIC Asia Bank, Tripureswor Branch)
सहयोग संकलन हुने क्रम जारी छ । संकलित रकमको विवरण हामी क्रमश: सार्वजनिक गर्दै जानेछौँ ।
सहयोग संकलन गर्न निम्न साथीहरूले समन्वय गरिरहनुभएको छ :
लेखनाथ पोखरेल, इलाम (https://www.facebook.com/lekhnath.pokhrel.12) 9844617949
ऋषि अधिकारी, इलाम (https://www.facebook.com/rishi.adhikari.1654) 9842729034
सागर घिमिरे, इलाम (https://www.facebook.com/sagar.bagar.31) 9852680117
किरण पौडेल (https://www.facebook.com/kiran.poudel.31392) 9862743356
कमल पोख्रेल, झापा (https://www.facebook.com/kamal.pokhrel.925) 9852671114
सुमन खनाल, झापा () 9852646333
ज्ञानु पोखरेल, झापा (https://www.facebook.com/gyanu.pokhrel.167) 9852673921
खडानन्द ढकाल (https://www.facebook.com/khaharepari.kanchho.9) 9862644146
नारायण अधिकारी, काठमाडौँ 9851035572
अर्जुन भट्टराई, काठमाडौँ (https://www.facebook.com/arjunilam) 9851226925
कोमल तिम्सिना (https://www.facebook.com/komal.timsina) 9851115653