खाँदबारी । संखुवासभामा भएको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार एक जनालाई पक्राउ गरिएको हो। तर पक्राउ परेका को हुन् भन्ने प्रहरीले खुलाएको छैन।
तर आइतबारसम्म सबै कुरा ‘क्लियर’ भएपछि पत्रकार सम्मेलन गरेर पक्राउ गरिएकालाई सार्वजनिक गर्ने प्रहरीको तयारी छ।
आइतबारसम्ममा हत्याकाण्डमा संलग्न अन्यको पनि पहिचान खुल्न सक्ने अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक भीम दाहालको भनाइ छ।
गत सोमबार बिहानै सङ्खुवासभाको सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो।
उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो।