झापा । झापामा गए रातिदेखि हावाहुरीका साथ भारी बर्षा भइरहेको छ।
हावाहुरीका साथ बर्षा भएका कारण कतिपय स्थानमा विद्युत आपूर्ति बन्द भएको छ।
तर मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । मौसमविद्का अनुसार मनसुनको न्यून चापिय रेखा औसतभन्दा दक्षिण अर्थात् भारततिर छ । जसकारण ठूलो वर्षाको सम्भावना छैन ।
तर, हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ । काठमाडौैं उपत्यकामा शनिबार बिहान घाम लागेको छ ।
दिउँसो र राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ ।
सोमबार राति भने प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
Facebook Comments Box