काठमाडौं । केरोना महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना सकारले कात्तिक २५ गतेदेखि सुरु गर्ने भएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले कात्तिकमा सुरु हुने जनगणना मङ्सिर ८ गतेसम्म चल्ने बताएको छ ।
प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यसअघि जेठ २५ देखि असार ८ गतेसम्ममा सक्ने लक्ष्य लिइएको थियो । तर, कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगन गरिएको थियो ।
यसअघि स्थगन भएको जनगणना मन्त्रीपरिषद्को निर्णयसँगै फेरी सुरु हुने भएको हो । यही भदौ २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले कात्तिक अन्तिमदेखि राष्ट्रिय जनगणना गर्ने तथ्याङ्क विभागको प्रस्ताव स्वीकृत गरेको थियो ।
यही कात्तिकदेखि हुने जनगणना नेपालको जनगणनाको १२ औँ शृङ्खला हो ।
Facebook Comments Box