झापा । बिर्तामोडको भद्रपुर रोडमा आफ्नै दाजुको हत्या गरेको आरोप लागेका रतनलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका अनुसार रतनलाललाई मेचीनगरबाट पक्राउ गरिएको हो।
बिर्तामोड–४ पुरानो भद्रपुर रोडमा डेरा गरि बस्ने कचनकवलका भाद्रु राजवंशी आइतवार विहान मृत फेला परेपछि भाइ रतनलालको खोजी सुरु गरेको थियो।
शनिवार राती १२ बजे दाजुभाइको सामान्य विवाद भएको रतनलालले बयानका क्रममा बताएका छन्।
मृतकका छोराले काकाले आफ्नो बुबाको हत्या गरेको सूचना दिएपछि उनको खोजीमा प्रहरी लागेको थियो।
Facebook Comments Box