झापा । झापाको बिर्तामोडमा एक जना अटोरिक्सा चालकको हत्या भएको छ।
बिर्तामोडको भद्रपुर रोडमा डेरा गरेर बस्ने ५० बर्षिय भाद्रु राजवंशीको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
हत्या उनकै भाइले गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।
हत्याको आरोप लागेका उनका भाइ अहिले फरार छन्।
राजवंशीको शव कोठाभित्र फेला परेको डिएसपी थापाले बताए ।
मृतकको टाउको लगायत शरीरका विभिन्न स्थानमा चोटपटक देखिएको र मृतकका छोराले ‘काकाले हानेको’ स्थानीयबासीलाई बताएका थिए।
बिर्तामोड ४ स्थित डेरा गरी बस्ने ३८ वर्षीय कान्छा भाइ रतनलालले कुटेर मारेको र घटना पश्चात् उनले आफ्नो छोरा ८ वर्षीय श्रीमन राजवंशीलाई साइकलमा लिएर भागेको डिएसपी थापाले बताए।
उनको खोजीका लागि प्रहरी परिचालन गरिसकिएको डिएसपी थापाले बताए।
Facebook Comments Box