झापा । ‘माछी मार्न जाउँ न दाजै कालापानीमा……’
यो गीत बजाउँदै बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको पोखरीका माछा बेच्नका लागि ट्रक वा मिनी ट्रक झापाभर गुड्ने गर्छ।
धेरै मानिसका लागि ‘यो अति भो’ भन्ने लागेको छ।
जिउँदो माछा बिक्री गर्नका लागि उक्त धुन बजाउँदै गुड्न कनकाई नगरपालिका १ मा भने प्रतिबन्ध लागेको छ।
कनकाई १ नम्बर वार्डले आफ्नो वार्डभर त्यस्तो काम गर्न प्रतिबन्ध लगाएको हो।
आइतवारदेखि उक्त धुन बजाएर माछा विक्री गरेको पाइएमा तुरुन्त गाडी नियन्त्रणमा लिएर कार्वाही गरिने कनकाई नगरपालिका १ वडाअध्यक्ष रोशन पोखरेलले बताए।
चर्को ध्वनीका कारण अनलाइन कक्षामा भएका विद्यार्थीहरु तथा विरामीहरुलाई वढी असर पुगेका कारण आफ्नो वार्डमा ध्वनी बजाएर माछा विक्री गर्न रोक लगाइएको वडाअध्यक्ष पोखरेलले बताए।
उनले भने, ‘माइक बजाएर हल्ला गरेर माछा बेच्न म दिन्न। भेटेको खण्डमा कारबाही गर्छु।’