काठमाडौं । प्रादेशिक अस्पताल जनकपुरधाममा एक स्वास्थ्यकर्मीलाई गैरस्वास्थ्यकर्मीहरुले कुटपिट गरेका छन् ।
एक महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा उनीहरुले अस्पतालमा कार्यरत अहेव देवेन्द्र ठाकुरमाथि कुटपिट गरेका हुन् ।
अहेव ठाकुरलाई ‘इमर्जेन्सी केस’ रहेको भन्दै अस्पतालको नियमित बैठक चलिरहेकै समयमा बोलाएर अस्पतालको प्राङ्गणमा सो समूहले कुटपिट गरेको थियो ।
कुटपिटबाट घाइते भएका अहेव ठाकुर प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्केका छन् ।
Facebook Comments Box