झापा । जिल्ला विकास समिति झापाले जथाभावी खोला उत्खनन गर्न अनुमति दिएका कारण अबकाे पाँच वर्षमा सिँचाई सुविधा पुगेका झापाका करिब दुई हजार हेक्टर जमिन बाँझो हुने सिँचाई विकास डिभिजन कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद तिवारीले चेतावनी दिएका छन् ।

उनले झापाको बुधबारेको उर्बर जमिनमा सिँचाई गर्ने बिरिङ खोलामा जथाभावी उत्खनन भइरहेकाले बुधबारेकैधान फल्ने जग्गा बाँझो हुने बताएका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा छलफल कार्यक्रम आयोजना गरेर उनले यस्तो चेतावनी दिएका हुन् । विरिङ खोलाबाट खेतमा सिँचाइ पुर्याउन आधा दर्जन योजना सञ्चालित छन् । केही योजना आउने क्रममा रहेको उनले जानकारी दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Facebook Comments Box