झापा । झापाको पाडाजुँगी नजिक पिकअप भ्यानले ठक्कर दिँदा एक नाबालकको मृत्यु भएको छ।
शुक्रबार बिहान साँढे ११ तिर कमल गाउँपालिका ५ मा रहेको आदिबासी रंगशाला छेउमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ०३-००१ च ०३६४ न. को पिकअप भ्यानले सर्लाही भक्तिपुर गा.पा.३ ईश्वरपुर घर भइ पाल टाँगेर बस्ने लोहरा कापरीको ४ बर्षिय छोरालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box