झापा । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जना भुटानी शरणार्थीलाई पक्राउ गरिएको छ।
सशस्त्र प्रहरीले शनिबार साँझ दमकबाट उनीहरुलाई पक्राउ गरेको हो।
साँझ ६.४० बजे दमक नगरपालिका वडा नं.३ बेलडाँगी चौक बाङ्गे बजार क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं २ गण मातहत भुटानी शरणार्थी सुरक्षा बेश बेलडाँगीबाट गएको टोलीले शंका लागेर चेकजाँच गर्दा शरणार्थीहरुको साथबाट ५.७२ ग्राम ब्राउनसुगर बरामद भएको थियो ।
पक्राउ पर्नेहरुमा भुटानी शरणार्थी क्याम्प बेलडाँगी २ सेक्टर डी २ हट नं.१७९ बस्ने ३२ वर्षिय पुकबहादुर कटुवाल र बेलडाँगी २ सेक्टर डी १ हट नं.१०१ बस्ने २६ वर्षिय किरण राई रहेका छन्।
उनीहरुको साथबाट नेपाली नगद रु. ३०७० र २ थान मोवाईल बरामद भएको छ।
पक्राउ परेका दुवैलाई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
Facebook Comments Box