भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नं. ९ देवकोटा चौकमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा आइतबार राति अज्ञात समूहले तोडफोड गरेको छ ।
महाकवि देवकोटोको अर्धकदको प्रतिमा टाउको र शरीर विच्छेद गरी जमिनमा रखिएको अवस्थामा सोमबार विहान भेटिएको हो।
वि.सं. २०५१ सालमा स्थापना गरिएको महाकवि देवकोटाको सो प्रतिमा तोडफोडको घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गर्दै दोषीउपर कडा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएको दिएको छ।
Facebook Comments Box