बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकाले आइतबार भदौ १३ गते कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइदिने भएको छ।
गाउँपालिका कार्यालयले शनिवार सूचना जारी गर्दै कक्षा १२ का परीक्षार्थीलाई खोप लगाइदिने जनाएको हो।
परीक्षार्थीका लागि गाउँपालिका परिसरमै खोप लगाउने व्यवस्था मिलाइएको छ। विद्यार्थीले खोप लगाउन जाँदा उमेर खुल्ने कागजात र परीक्षाको प्रवेशपत्र लिएर जानु पर्नेछ।
यो अवसरको फाइदा उठाउन गाउँपालिका कार्यालयले परीक्षार्थीलाई आग्रह गरेको छ।

Facebook Comments Box