काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई लामो दूरीमा उडान गर्ने वाइडवडी जहाज बेच्न १० कम्पनी इच्छुक देखिएका छन् ।

निगमले ४५ दिन अगाडि मागेको प्रस्तावमा विभिन्न वायुसेवा कम्पनी लिजिङ कम्पनी र यसका भगिनी कम्पनीले निगमले मागेको प्रस्ताव अनुसार एयरवसको वाइडवडी ए ३२०–२०० जहाज दिन इच्छा देखाएका आजको अन्नपूर्णमा समाचार छ ।
वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारका अनुसार निगमलाई शून्य आवर उडान भएको नयाँ जहाज देखि एक हजार घण्टासम्म् उडेको जहाजको प्रस्ताव परेकोले पुरानो किन्न लागेको भन्ने नकारात्मक सोचाइ भएकासँग काम गर्न पनि सहज हुने कांसाकारको भनाइ छ ।
उनका अनुसार शून्य आवरदेखि पाँच सय घण्टा उडाएका जहाज पनि प्रस्ताव परेको छ ।
कुनै लिजिङ वा वायुसेवा कम्पनीलले अर्डर गरिसकेको जहाज उडानमा प्रयोग नभएकोले हामीलाई दिन प्रस्ताव आएको कंसाकारको भनाइ छ ।