भोजपुर । भोजपुर षडानन्द नगरपालिका -९ तालखर्कका ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफूले पनि झुन्डिएर आत्महत्या गरेका छन्।
आज बिहानको राति साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई खुकुरीले ढाडमा प्रहार गरी हत्या गरेर आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लागी झुन्डिएको अवस्थामा फेला परेका थिए ।
घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ बर्षीय छोराले स्थानीयबासीलाई खबर गर्न गएका थिए ।
घटनाको इलाका प्रहरी कार्यालय साङपाङ र इलाका प्रहरी कार्यालय तिवारीभंन्ज्याङको टोलीबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box