झापा । झापामाबसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।
मोरङको उर्लाबारी नगरपालिका–६ निवासी ५० वर्षीय हेमसागर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका-४ स्थित चुलाचुली चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख ६७६२ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो साढे १ बजे ठक्कर दिएको थियो।
बस र चालक मोरङ उर्लाबारी नगरपालिका-७ निवासी ४२ वर्षीय सम्पतलाल धिमाललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box