बिर्तामोड । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापाबाट एकजना पक्राउ परेका छन् ।
बुधबार दिउँसो ३ बजे कचनकबल ५ मा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले सोही ठाउँ बस्ने ३७ वर्षिय उपेन्द्रलाल गणेशलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ७ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रकृया थालिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box