बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका ५ का एक होटल व्यवसायी झुन्डिएको अवस्थामा फेला परेका छन्।
अर्जुनधारा–५ स्थित लक्ष्मीपुरमा आफ्नै बन्दै गरेको घर तथा होटलमा ती व्यवसायी झुण्डिएको अवस्था फेला परेका हुन्।
प्रहरीका अनुसार ४० बर्षिय राजेश महत राति करिब २ बजेतिर घरबाट निस्केका थिए। बिहान परिवारका सदस्यले बन्दै गरेको घरमा झुन्डिएको अवस्थामा उनको शव देखेपछि स्थानीयबासी तथा प्रहरीलाई खबर गरेका थिए।
उनी मानव होटलका सञ्चालक पनि भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ।
Facebook Comments Box