कोलबुङ । इलामको रोङ गाउँपालिका ६ सलकपुरकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा ५० बर्षीया मैस्याङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
आइतबार दिउँसो साढे १० बजे आफ्नै पुरानो घरमा घास काट्ने मेशिनमा विद्युत जोड्न जाँदा मेशिन माथी बेरिएको स्विटर निकाल्ने क्रममा करेन्ट लागि घाइते भएकी तामाङको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।
Facebook Comments Box