झापा । झापाको कनकाई १ एकै परिवारका तीन जनाको शव सोमबार बिहान फेला परेको छ।
बुवा-आमा र ८ महिनाकी नाबालक छोरीको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
कनकाई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा उनकी श्रीमती २९ बर्षिय मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविनाको शव फेला परेको हो।
रविन वैदेशिक रोजगारीमा जानका लागि केहि दिन अघि काठमाण्डौसम्म गएको तर कोरोना पोजिटिभ देखिएका कारण फर्किएर आएको स्थानीयबासीले बताए।
Facebook Comments Box